च्याम्पियन्स ट्रफि, इग्ल्याण्डद्धारा न्युजिल्याण्डलाई तीन सय ११ रनको लक्ष्य

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत इग्ल्याण्डले न्युजिल्याण्डलाई तीन सय ११ रनको लक्ष्य दिएको छ ।

कार्डिफमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्ड ४९ ओभर तीन बलमा तीन सय १० रनमा अलआउट भयो । एक सय १८ रन हुदा दुई विकेट गुमाएको इग्ल्याण्डका लागि ओपनर एलेक्स हल्सले ५६ तथा जोय रुटले ६४ रन बनाए । यस्तै जोस बटलरले अविजीत ६१ रन बनाउदा बेन स्टोकले ४८ रन थपे ।

यस्तै जेसोन रोयले १३, लिम पुल्कितले १५ रन थपे । बलिङ तर्फ कोरे एण्डरसन र एडम मिल्नेले तीन तीन तथा टिम साउथीले दुई विकेट लिए । आजको खेलमा इग्ल्याण्ड विजयी भएमा सेमिफाइनलमा पुग्ने छ भने न्युजिल्याण्ड विजयी भएमा इग्ल्याण्डले अन्तिम चारमा पुग्न अर्को खेल कुर्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest