इग्ल्याण्ड सेमिफाइनलमा पुग्ने पहिलो टिम, आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

घरेलु टोली इङल्यान्ड च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । इङल्यान्ड न्युजील्यान्डलाइ ८७ रनले पराजित गर्दै समुह ए बाट अन्तिम चारमा पुगेको हो ।

कर्डिफमा गएराती टस हारेर ब्याटिङ गरेको इङल्यान्डले ४९ ओभर तीन बलमा अल आउट हुदै तीन सय दश रन बनाएको थियो । इङल्यान्डका लागि जो रुटले ६४ र जोश बटलरले अविजीत ६१ रनको योगदान दिए । यस्तै एलेक्स हलसले ५६, बेन स्टोक्सले ४८ रन बनाएपछि इङल्यान्डले सम्मानजनक योगफल बनाएको थियो । बलिङ तर्फ न्युजील्यान्डका कोरी एन्डरसन र एडम मिल्नेले तीन तीन विकेट लिए ।

तीन सय एघार रनको लक्ष्य पछ्याएको न्युजील्यान्ड ४४ ओभर तीन बलमा अल आउट हुदै दुइ सय २३ रनमा समेटियो । उसका लागि केन विलियम्सनले ८७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । रोज टेलरले टिमको खातामा ३९ रन जोडेका थिए । मार्टिन गप्टिल २७ रनमा पवेलियन फर्किदा लुक रोन्चीले खाता खोल्न सकेनन् । न्युजील्यान्डको पारीलाई ध्वस्त बनाउने क्रकमा लियान प्लंकेटले चार विकेट लिए । जेक बल र आदिल रसिदले दुइ दुइ विकेट बांडे । एक खेल अगावै सेमीफाइनल पुगेको इङल्यान्डको जारी प्रतियोगितामा यो लगातार दोस्रो जीत हो । यसअघि आफ्नो पहिलो खेलमा इङल्यान्डले बंगलादेशलाइ आठ विकेटले पराजित गरेको थियो ।

हार संगै न्युजील्यान्डको सेमीफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा अस्ट्रेलिया संग अंक बाडेको न्युजील्यान्डले अन्तिम खेलमा बंगलादेश संग प्रतिस्पर्धा गर्नेछ । न्युजील्यान्डलाइ सेमीफाइनल पुग्नका लागि बंगलोशलाइ पराजित गनुपर्नेछ भने अस्ट्रेलियाले इङल्यान्ड संग हार बेहोनुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest