प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्नेमा दुबै टिम ढुक्क, कसले जित्ला २० लाख रुपैया

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि भोली दुई चिरप्रतिद्धन्द्धी नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी विच प्रतिस्पर्धा हुदैछ । २० लाख पुरस्कार राशि रहेको प्रतियोगिताको उपाधि जित्नेमा दुबै टिमका कप्तानले दावी गरेका छन ।

किर्तीपुर क्रिकेट मैदानमा हुने खेल स्थानिय समय अनुसार नौ बजेबाट सुरु हुनेछ । घरेलु क्रिकेटमा उपाधिका प्रत्यासी मानिएका आर्मी र पुलिस यो प्रतियोगितामा दोस्रो पटक खेल्न लागेका हुन । समुह चरणमा एउटैमा रहेका दुबै टिमले यसअघि समुहमा खेल्दा आर्मी विजयी भएको छ । भोलीको खेल पुलिसका लागि उपाधि जित्दै हारको बदला पनि लिने मौका हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नहार्ने टिम आर्मी आफनो जीतको यात्रालाई कायम राख्दै प्रतियोगिता टुङग्याउने लक्ष्यमा छ ।

विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीले समुह चरणमा पुर्वाञ्चललाई नौ विकेटले हराएको थियो भने सुदुर पश्चिमलाई आठ विकेटले पाखा लगाएको थियो । यस्तै पुलिसलाई सात विकेटले हराउदै समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा आर्मीले पश्चिमाञ्चललाई चार विकेटको रोमाञ्चल जित निकालेको थियो । यता पुलिसले आर्मीसंग हार्नुबाहेक सुदुरलाई सात विकेट र पुर्वाञ्चललाई नौ विकेटले हराएको थियो । सेमिफाइनलमा भने अर्को विभागिए टिम सशस्त्र प्रहरी बललाई ३४ रनले पराजित गरेको थियो । सो खेलमा पुलिसलाई बर्षाले पनि साथ दिएको थियो ।

यस प्रतियागितामा धेरै स्कोर गर्ने टिममा पुलिस पहिलोमा छ भने आर्मी दोस्रो स्थानमा छ । यस्तै ब्याटिङमा हेर्ने हो भने युवा खेलाडीले भरिएको पुलिसका सुनिल धमला, अमित श्रेष्ठ, दिलिप नाथ, दिपेन्द्रसिंह ऐरी लगायतले प्रतियोगितामा राम्रो खेलेका छन । तर यी खेलाडी यसअघि आर्मी विरुद्ध भने प्रभाव जमाउन सकेका थिएनन । पुलिसका दुई खेलाडीले मात्र यो प्रतियोगितामा तेहेरो अंक छोएका छन । जसमा दिलिप नाथले चार खेलमा एक सय ३९ रन बनाएका छन भने अमित श्रेष्ठले समान खेलमा एक सय आठ रन बनाएका छन ।

यता आर्मीका पनि तीन खेलाडीले एक सय रन पार गरेका छन । जसमा सागर पुनले एक सय २६ र अनिल मण्डलले एक सय १५ रन बनाएका छन । सर्वाधिक विकेट लिने खेलाडीमा पनि आर्मीका खेलाडीका बर्चश्व छ । सागर पुनले १२ र सुसान भारीले ११ विकेट लिएका छन । पुलिसका तर्फबाट धरै विकेट लिने खेलाडीमा ससिल कडेल छन । उनले नौ विकेट लिएका छन । धरै रन बनाउने खेलाडीको सुचिमा आर्मीका दुई जना खेलाडी शिर्ष पाचमा रहेका छन । जसमा सागर पुन र अनिल मण्डल नै छन ।

आर्मीको बलियो हतियार भने बलिङ र ब्याटिङ दुबै हो । उसको मध्यक्रमका खेलाडी राम्रोसंग जम्न नसकेपनि ओपनर र तल्लो क्रमका खेलाडीले टिमलाई अहिलेसम्म बचाई राखेका छन । अब भोलीको फाइनल खेलमा कसले राम्रो खेल्दा त्यो भने हेर्न बाकि छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest