च्याम्पियन्स ट्रफीमा आज भारत र श्रीलङका भिडने, पाकिस्तानको पहिलो जीत

च्याम्पियन्स ट्रफीमा आज भारत र श्रीलङका बीच खेल हुनेछ । आजको खेलमा भारत विजयी भएमा सेमिफाइनलमा पुग्नेछ भने पहिलो खेलमा हारेको श्रीलंकालाई नकआउट चरणमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । यसैविच पास्कितानले च्याम्पियन्स ट्रफीमा पहिलो जीत हात पारेको छ । समुह बी मा रहेको पाकिस्तानले गएराती भएको आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकालाइ डक वर्थ लुइस नियम अनुसार १९ रनले पराजित गरेको हो ।

इङल्यान्डमा खेलमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै दुइ सय १९ रन बनँएको थियो । उसका लागि डेविड मिल्लरले अविजीत ७५ रन बनाए । क्विन्टन डि कोकले ३३ र क्रिस मोरिसले २८ रन जोड्दा फाप डु प्लेसिस र किसोगा रावाडाले समान २६– २६ रन सटमको खातामा जोडे । स्टार ब्याट्सम्यान एवि डि भिल्लियर्सने भने गोल्डने डक आउट भए । उनलाइ इमाद वासिमले पवेलियन फर्काए थिए । भिल्लियर्स करियरमै पहिलो पटक पहिलो बलमा आउट भएका हुन् । उनले आफ्नो १२ वर्षको एकदिवशीय करियरमा अहिले सम्म दुइ सय २१ खेल खेलेका छन । जसमा भिल्लियर्सले दुइ सय दुइ सय १२ पारी खेल्ने मौका पाउदा पहिलो बलमा आउट भएका थिएनन् । उनी शुन्यमा भने सात पटक आउट भएका छन । बलिङ तर्फ हसन अलीले तीन विकेट लिए ।

दुइ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले राम्रो सुरुवात गरेको थियो । तर आठौ ओभरमा ओपनर मोर्ने मोर्कलले फखर जमनको विकेट लिदै दक्षिण अफ्रिकालाइ खेलमा फर्काएका थिए । जमन ३१ रनमा आउट भएका थिए । यसै ओभरमा मोर्केलले ३१ रननै बनँएर खेलिरहेका अर्का ओपनर अजहर अलीको पनि विकेट लिएपछि पाकिस्तान केही दवावमा आएको थियो । त्यसपछि पानी परेसंगै खेल प्रभावित हुन पुग्यो र पाकिस्तानको नया लक्ष्य पायो । उसले २७ ओभरमा एक सय एक रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पाकिस्तानले तीन विकेट गुमाउदै भेट्यो । पहिलो खेलमा पाकिस्तान भारत संग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङकाला हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest