२० लाख रुपैयाको पुरस्कार हात पार्न पुलिस र आर्मी विच प्रतिस्पर्धा जारी

२० लाख रुपैया पुरस्कार सहितको उपाधी हात पार्न अहिले दुई विभागिए टिम नेपाल पुलिस क्लव त्रिभुवन आर्मी प्रतिस्पर्धा गरिरहेका छन ।

किर्तीपुर क्रिकेट मैदानमा जारी खेलमा पुलिसले टस हारेर ब्याटिङको निम्तो पाएको छ । समुह चरणमा पनि आर्मीसंग हारेको पुलिसले आज पनि सुरुवात राम्रो गर्न सकेन । चार रन हुदा पहिलो विकेट गुमाएको पुलिसले २० रन हुदा दोस्रो विकेट खेर फाल्यो । अमित श्रेष्ठ चार रनमा आउट भए भने दिलीप नाथ नौ रनमा आउट भए । आर्मीका लागि सोमपाल कामी र जितेन्द्र मुखियाले यी दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest