च्याम्पियन्स ट्रफि, भारतद्धारा श्रीलंकासामु तीन सय २२ रनको लक्ष्य

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत समुहको दोस्रो खेलमा भारतले श्रीलंकालाई तीन सय २२ रनको लक्ष्य दिएको छ ।

लण्डन स्थित किङस्टन ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय २१ रन बनायो । बलियो सुरुवात गरेको भारतका लागि पहिलो विकेटका रुपमा शिखर धवन र रोहित शर्माले एक सय ३८ रनको साझेदारी गरेका थिए । रोहितले ७८ रन बनाए । त्यसपछि कप्तान विराट कोहली र युवराज सिंहलाई सस्तैमा गुमाएको भारतले एक सय ७९ रन हुदा तीन विकेट खेर फालेको थियो ।

उसका लागि शिखरले एक सय २५ रनको पारी खेले । च्याम्पियन्स ट्रफिमा शिखरको तेस्रो सतक हो भने करियरको १० औ सतक हो । यस्तै महेन्द्रसिंह धोनीले ६३ र केदार जादवले अविजीत २५ रन बनाए । आजको खेलमा भारत विजयी भएमा सेमिफाइनलमा पुग्नेछ भने श्रीलंका आउट हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest