बंगलादेश र न्युजील्यान्ड भिडदै, श्रीलङकाद्धारा भारत सात विकेटले पराजित

च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र न्युजील्यान्ड बीच खेल हुनेछ । यसैविच श्रीलङकाले भारतलाइ सात विकेटले पराजित गर्दै सेमिफाइनलको सम्भावना जिवितै राखेको छ ।

इङल्यान्ड स्थित ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय २२ रन बनाएको थियो । उसका लागि शिखर धवनले शतकिय पारी खेले । धवनले एक सय २८ बलको सामना गर्दै एक छक्का र १५ चौकाको मदतमा एक सय २५ रन बनाएका थिए । रोहित शर्माले ७८ र महेन्द्र सिंह धोनीले ६३ रनको योगदान गरेपछि भारतले श्रीलङका सामु ठुलो लक्ष्य प्रस्तुत गरेको थियो । कप्तान विराट कोहली भने शुन्यमा आउट भए । उनी नुवान प्रदिपको बलवमा आउट भएका थिए । वलिङ तर्फ लासिथ मालिङगाले दुइ विकेट लिए ।

जवाफमा तीन सय २२ रनको लक्ष्य श्रीलङकाले मात्र तीन विकेटको नोक्सानीमा आठ वल बांकी रहदै पुरा ग¥यो । श्रीलङकालाइ सहज जीत दिलाउन कुशल मेन्डिस र धनुस्का गुनाथिलाकाले दोस्रो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरे । मेन्डिसले ८९ र गुनाथिलाकाले ७६ रन बनँए । दुवै जना रन आउट भएका थिए । एंगेलो म्याथ्युज र असेला गुनारत्ने क्रमश ५२ र ३४ रनमा अविजीत रहे । बलरहरुले फितलो प्रदर्शन गर्दै श्रीलङकाको विकेट लिन नसक्दा भारत एक खेल अगावै सेमीफाइनल पुन्ग बाट चुक्यो ।

भारतले सात जना बलर प्रयोग गरेपनि जम्मा एक विकेट मात्र लिन सफल भयो । जारी प्रतियोगिगतामा श्रीलङकाको यो पहिलो जीत हो भने भारतको पहिलो हार हो । यो समुहमा यी दुइ टिम संगै दक्षिण अफ्रिका र पाकिस्तान रहेका छन । चारै टिमको सेमीफाइनल पुग्ने संभावना कायमै रहेको छ । अब श्रीलङकाले पाकिस्तान र भारतले दक्षिण अफ्रिका संग खेल्नेछ । दुवै खेलका विजेता सेमीफाइनल प्रवेश गर्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest