च्याम्पियन्स ट्रफि, इग्ल्याण्ड र अष्ट्रेलिया विच प्रतिस्पर्धा हुदै,

आइसीसी च्याम्पियन्स ट्रफि अन्तर्गत आज इग्ल्याण्ड र अष्ट्रेलिया विच प्रतिस्पर्धा हुदैछ । गएराति भएको खेलमा बंगलादेशले न्युजिल्याण्डलाई पाच विकेटले हराउदै सेमिफाइनलको आशा जिवीतै राखेको छ । तर त्यसका लागि आज हुने खेलमा इग्ल्याण्डले अष्ट्रेलियालाई हराउनु पर्नेछ ।

कार्डिफमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ६५ रन बनायो । ४६ रनमा पहिलो विकेट गुमाएको न्युजिल्याण्डका लागि रोस टेलरले ६५ तथा कप्तान केन विलियम्सनले ५७ र नील ब्रुमले ३६ रन बनाए । यस्तै मार्टिन गुप्टिलले ३३ तथा जेम्स निसामले २३ रनको योगदान गरे । बलिङ तर्फ बंगलादेशका लागि मोसादेक हुसेनले तीन र तक्सिन अहमेदले दुई विकेट लिए ।

जवाफमा बंगलादेशले ४७ ओभर दुई बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । बंगलादेशको जितमा दुई खेलाडीले सतक प्रहार गरे । ३३ रन हुदा चार विकेट गुमाइसकेको बंगलादेशलाई सकिव अल हसन र महमुदुल्लाहले दुई सय २४ रनको साझेदारी गर्दै टिमलाई जितको बाटो देखाए । जसमा सकिवले एक सय १४ रन बनाए भने महमुदुल्लाहले अविजीत एक सय दुई रन बनाए । जितसंगै बंगलादेशको तीन खेलबाट तीन अंक भएको छ । सेमिफाइनलमा पुग्न आज इग्ल्याण्डले अष्ट्रेलियालाई हराएमा बंगलादेश नकआउट चरणमा पुग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest