रसिद खानको बलिङमा वेष्ट इन्डिज घुडा टेक्यो ।

वेष्टइण्डिज विरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा अफगानिस्तान विजयी भएको छ । रसिद खानको घातक बलिङका कारण अफगानि टिमले वेष्ट इन्डिजलाइ स्तब्ध पारेको हो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले वेष्ट इन्डिजलाइ २ सय १३ रनको लक्ष्य दिएको थियो । पहिले अफगानस्तानका लागि जाबेद महमदीले ८१ रनको योगदान गरे । दुइ सय १३ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई १ सय ४९ रनमा अलआउट गर्दै अफगानस्तान ६३ रनले विजयी भएको हो ।

अफगानस्तानका रसिद खान एक्लैले ७ विकेट लिए । करियरको उत्कृष्ट बलिङ गरेका रसिदले एक दिवसिय खेलमा पनि चौथो उत्कृष६ बलिङ गरे । ८ ओभर ४ बल बलिङ गरेका रसिदले मात्र १८ रन खर्चेर ७ विकेट हात पारे । वेष्टइण्डिजका शै होपले सर्वाधिक ३५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest