अष्ट्रेलिया च्याम्पियन्स ट्रफिबाट बाहिर, आज दक्षिण अफ्रिका र भारत खेल्ने ।

एकदिवशीय विश्वकप विजेता अस्ट्रेलिया च्याम्पियन्स ट्रफी बाट भने समुह चरण बाटै बाहिरिएको छ । समुह ए मा रहेको अस्ट्रेलियाको अन्तिम खेलमा इङल्यान्ड संग डक वर्थ लुइस नियम अनुसार ४० रनले पराजित गएसंगै च्याम्पियन्स ट्रफी यात्रा सकिएको हो ।

अस्ट्रेलियाको हार संगै बंगलादेशले पहिलो पटक च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा स्थान बनाएको छ । सेमीफाइनल पुग्न अस्ट्रेलियालाइ जीत्नै पर्ने दवाव थियो तर सफल हुन सकेन् । टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउदै दुइ सय ७७ रन बनाएको थियो । उसका लागि ट्रेभिस हेडले अविजीत ७१ रन बनाए । यस्तै आरोन फिन्चले ६८ र स्टिेभन स्मिथले ५६ रन जोडे ।

अस्ट्रेलियाले दुइ सय ३९ रनमा जम्मा पांच विकेट गुमँएको थियो । तर ४३ औं ओभरमा मार्क वुडले ग्लेन म्याक्सवेललाइ आउट गरेपछि अस्ट्रेलियाको एकपछि अर्को गर्दै विकेट पतन सुरु भएको थियो । म्याक्सवेल २० रनमा आउट भए । ४४ औं ओभरमा आदिल रसिदले म्याथ्यु वेड र मिचेल स्टार्कलाइ पवेलियन फर्काएपछि अस्ट्रेलिया सामान्य रनमा रोकिर्एको थियो । इङल्यान्डका लागि रसिद वुडले चार चार विकेठ लिए । जवालमा दुइ सय ७८ रनको लष्य पछ्याएको इङल्यान्डले राम्रो सुरुवात गर्न सकेन् । टिमको स्कोर ६ रन हुदा इङल्यान्डका दुवै ओपनर पवेलियन फर्किएका थिए । जेसन रोय चार रन र एलेक्स हल्स शुन्यमा मैदान बाहिरए ।

जो रुट ब्यक्तिगत १५ रनमा पवेलियन फर्किदा टिमको स्कोर ३५ रन थियो । त्यपछि वर्षाका कारण खेल केही बेर अवरुद्ध बनेको थियो । वर्षापछि सुरु भएको खेलमा इङल्यान्डले शानदार प्रदर्शन गर्यो । उसका लागि बेन स्टोक र इयोन मोर्गनले चौथो विकेटका लागि एक सय ५९ रनको साझेदारी गरे । स्टोक एक सय दुइ रनमा अविजीत रहदा मोर्गनले ८७ रनमा रन आउट भए । इङल्यान्डले ४० ओभर दुइ बलमा चार विकेट गुमाउदै दुइ सय ४० रन बनाएको अवस्थामा पुन वर्षा भएपछि डर्क वर्थ लुइस नियम अनुसार ४० रनले विजयी भएको हो । अस्ट्रेलियाका जोस हेजलवुडले दुइ तथा स्टार्कले एक विकृट लिए । इङल्यान्ड यसअघिनै सेमीफाइनल पुगीसकेको थियो । च्याम्पियन्स ट्रफीमा आज दक्षिण अफ्रिका र भारत बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest