अल्टिमेट स्पोर्टस म्यानेजमेन्टको आयोजनामा काठमाडौमा एशियन प्रिमियर लिग क्रिकेट हुने भएको छ । ६ टिमको सहभागिता भएको प्रतियोगिताको विजेताले ४० लाख रुपैया पाउने छन ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपाल सहित भारत, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दुबईका टिमका सहभागिता रहेनछन । विश्व चर्चित खेलाडीलाई समेत सहभागिता हुने प्रतियोगितामा बारेमा आज पहिलो पटक राजधानीमा लञ्जिङ कार्यक्रम गरियो । प्रतियोगितामा आयोजकले यसअघि यो प्रतियोगिता दुबईमा गर्ने तय गरेपनि अन्तिम समयमा नेपालमा सार्नुपरेको आयोजकको भनाई छ ।
सहभागि टिमका लागि भोली नै काठमाडौमा अक्सन हुनेभएको छ । आयोजकले अनलाईनबाट खेलाडी दर्ता गरेकोमा कुल एक सय ५० खेलाडीले आवेदन दिएका थिए । त्यसबाट एक सय आठ खेलाडीलाई अक्सनमा राखिएको छ । तीन ग्रेडमा खेलाडीलाई अक्सनमा राखिनेछ । जसमा ए ग्रेडमा रहेका खेलाडीको बेस अमाउन्ट तीन हजार भारतीय रुपैया छ भने बी ग्रेडमा रहेका खेलाडीको सुरुवाती रकम २० हजार भारु छ । यस्तै सी ग्रेडमा रहेका खेलाडीको बेस अमाउण्ड १० हजार छ ।
अक्सनबाट कुल ९० खेलाडीमा टिम मालिकले भाउ लगाउनेछन । हेर टिममा दुई जना अन्तराष्ट्रिय क्रिकेट खेलाडी राखिने छ भने दुई जना अन्डर नाइन्टिन खेलाडीलाई समावेश गर्नुपर्नेछ । असार पाच गतेदेखि हुने प्रतियोगितामा नेपालबाट कति खेलाडीलाई अक्सनमा राखिएको छ भन्ने स्पष्ट पारिएको छैन । भोली हुने अक्सनबाट सबै थाहा हुने आयोजकको भनँई छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल स्ट्रोम र दुबई वारियर्स विच खेल हुनेछ ।
प्रतियोगिताको उपविजेताले १० लाख भारतीय रुपैया र तेस्रो हुने टिमले पाच लाख भारतीय रुपैया पाउनेछन । यस्तै प्रतियोगितामा म्यान अफ द सिरीजलाई एउटा गाडी दिइनेछ । यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था रहेको छ ।
सहभागि टिम
नेपाल स्ट्रोम
कप्तान स्वप्नील पाटिल
बंगलादेश टाइगर्स
कप्तान अल अमिम हुसेन
अफगानिस्तान बुल्स
कप्तान राना नाभिद उल हसन
श्रीलंकन लायन्स
कप्तान फारबेज महारुफ
इन्डियन स्टार्स
कप्तान तिलकरत्ने दिल्सान
दुबई वारियर्स
कप्तान अब्दुल साकोर
पुरस्कार
विजेता ४० लाख रुपैया
उपविजेता १६ लाख रुपैया
तेस्रो ८ लाख रुपैया