च्याम्पियन्स ट्रफीमा आज श्रीलङका र पाकिस्तान बीच खेल हुदै, भारत सेमिफाइनलमा

इङल्यान्डमा जारी च्याम्पियन्स ट्रफीमा आज समुह बी मा रहेका श्रीलङका र पाकिस्तान बीच खेल हुदैछ । आजको विजेता टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । यसअघि गएराती भएको यसै समुहको खेलमा दक्षिण अफ्रिकालाइ आठ विकेटले पराजित गर्दै साविक विजेता भारत सेमीफाइनल प्रवेश गर्यो ।

ओभलमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४४ ओभर तीन बलमा अल आउट हुदै एक सय ९१ रनको सामान्य लक्ष्य बनाएको थियो । भारतीय बलर सामु निरिह देखिएका दक्षिण अफ्रिकाका कुनैपनि खेलाडीले गतिलो साझेदारी गर्न सकेनन् । उसका क्विन्टन डि ककले ५३ , फाप डु प्लेसिसले ३६ र हासिम अमलाले ३५ रन बनाएका थिए । स्टार ब्याट्सम्यान एवि डि भिल्लियर्स १६ रनमा रन आउट भए । डेविड मिल्लर जम्मा एक रनमा पवेलियन फर्किदा जेपी डुमिनी २० रनमा अविजीत रहे । बलिङ तर्फ भुवनेश्वर कुमार र जस्प्रित बुमराहले दुइ दुइ विकेट लिए ।

जवाफमा एक सय ९१ रनको लक्ष्य भारतले ३८ ओभरमा दुइ विकेट गुमाउदै पुरा गर्यो । भारतलाइ सहज जीत दिलाउन शिखर भवनले ७८ र विराट कोहलीले अविजीत ७६ रनको योगदान दिए । अब श्रीलङका र पाकिस्तान बीचको विजेताले सेमीफाइनल यात्रा तय गर्नेछ । आजको खेल संगै सेमीफाइनल समीकरण पनि पुरा हुनेछ । समुह ए बाट इङल्यान्ड र बंगलादेश अन्तिम चारमा पुगी सकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest