आइसीसीको अनुमती बेगर नेपाली खेलाडीले एपिएल खेल्न नपाउने

आइसीसीले अनुमती नदिए नेपाली क्रिकेट खेलाडीले काठमाडौमा हुने भनिएको एशियन प्रिमियर लिग खेल्न नपाउने भएका छन । राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा सहित कप्तान पारस खडका लाइ पनि कुनै थाहा नभएको प्रतियोगितामा नेपाली खेलाडीले खेल्न आइसीसीले अनुमती दिनुपर्ने हुन्छ । क्यान निलम्बनमा रहेका कारण खेलाडीको खेल्ने निर्णय आइसीसीले गर्नेहो ।

निजी कम्पनीले आगामी असार ५ देखि काठमाडौंमा एपीएल गर्ने घोषणा गरेको छ । तर, विवादित बन्दै गएको छ । प्रतियोगितामा सहभागी टिम ‘नेपाल स्ट्रोम’ राखिएको छ तर, कप्तान यूएईका स्वप्निल पाटिल तोकिएको छ ।

नेपाली खेलाडीहरु को-को खेल्ने भन्ने समेत आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले बताएको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले आईसीसीको अनुमति नदिए नेपाली क्रिकेटरहरुले नखेल्ने बताए । प्रतियोगिताबारे आफूलाई कुनै जानकारी नभएको भन्दै टमाटाले आईसीसीले खेलाडी रिलिज अनुमति दिएन भने हाम्रो सिनियर प्लेयरहरु खेल्दैनन् बताए ।

साथै नेपालीको यू-१९ टोलीका सदस्यहरुले यो लिग खेल्ने सम्भावना न्यून छ । उनीहरु अहिले यू-१९ विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छन् । एसियन प्रिमियर लिगको कन्सेप्ट राम्रो भएपनि कानुनी प्रक्रिया पुरा भए नभएको महत्वपूर्ण हुने उनले बताए । यदि कानुनी प्रक्रिया पुरा नगरी हुने एशियन प्रिमियर लिगमा खेलाडीहरुमाथि प्रतिवन्धसम्म लाग्न सक्ने खतरा हुनेछ ।

भारतमा यस्तै भएको थियो । २००७ देखि ०९ सम्म जीटीभीले इण्डियन क्रिकेट लिग (आईसीएल) गरेको थियो । तर, भारतीय क्रिकेट बोर्ड र अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको सहमति थिएन । त्यही कारण आईसीएल खेल्ने खेलाडीहरुमाथि प्रतिवन्ध नै लागेको थियो । अहिले नेपाल प्रशिक्षक टमाटाले आईसीसीको अनुमति नभए खेलाडीहरु रिलिज नगर्ने अडान लिनुको एउटा कारण यही हो ।

विगतमा निजी कम्पनीले एनपीएल गरेका कारण सुरु भएको विवादले नेपाल क्रिकेट एशोसिएन अहिले आईसीसीको निलम्बनमा छ । फेरि एशियन प्रिमियर लिगको विवादमा पर्दा अर्को समस्या आउने त होइन भन्ने धेरैको आशंका छ ।

अनलाइनखवरमा आधारीत भएर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest