एपिएलमा क्रिकेट खेलाडी सघको अापत्ती, आयोजक पारदर्शी नभएको ठहर, ५ नेपाली खेलाडी छानिए

एशियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता नेपालमा कसरी आयोजना भयो र यसको आयोजक र टिम मालिकका बारेमा स्पष्ट केहि बाहिर नआएकाले पुरै प्रतियोगिता पारदर्शी नभएको संघले ठहर गरेको छ ।

यसका साथै नेपाली अन्डर नाइन्टिन टिम अहिले प्रशिक्ष्ँणमा रहेको हुदा १५ दिन टिमले मैदानमा प्रशिक्षण गर्नुपर्ने भएपनि विचमा प्रतियोगिता ल्याएकाले क्रिकेट विकाश गर्न राष्ट्रिय खेलकुद परिषदले पनि सकारात्मक रुपमा नसोचेको ठहर गरेको छ । यसका साथै आइसीसी र एसीसीबाट पनि यो प्रतियोगिताले स्विकृती नपाएकाले कसरी एशियन प्रिमियर लिग हुन गयो भन्नेमा प्रश्न रहेको संघको बुझाई रहेको प्रेस विज्ञेप्ती मार्फत जनाएको छ ।

लिगका लागि आज भएको अक्सनमा ९० खेलाडी विक्रि भएका छन । जसमा सबै भन्दा महंगा खेलाडीमा हरदिप बरार बने । भारतीय स्पिनर हरदिपलाई इन्डियन स्टार्सले दुई लाख ५० हजार भारतीय रुपैया किनेको छ । अक्सनमा नेपालबाट ५ खेलाडी छनोट भएका छन। जसमा परेश लोहनी आइकोनिक खेलाडी, भुपिन्द्र थापा एक लाख भारु अमरसिह रोटेला ६० हजार सिद्धान्त राज सिह ७० हजार र राजविर सिह ६० हजारमा विक्रि भए । अक्सनका लागि छ महिना अगाडी खेलाडी दर्ताको फर्म खुलेको थियो । यसका लागि सोमपाल कामी र कप्तान पारस खडका सग पहल भएपनि सोमपालले भारत खेल्न जाने र पारसले रिप्लाइ नगरेको आयोजकले बताएका छन ।

राजधानीको अन्नपुर्ण होटेलमा भएको अक्सनमा कुलदिपको नाममा २० हजारबाट सुरु भएको बोली दुई लाख ५० हजारसम्म पुगेको थियो । यसतै दोस्रो महंगो खेलाडी भारतीय तेज गतिका बलर कुलविन्दर सिंह बने । उनलाई अफगानिस्तान टिमले एक लाख ६० हजार भारतीय रुपैयामा किन्यो । यस्तै अर्का भारतीय बलर नविन पुनियलाई बंगलादेश टिमले एक लाख ४० हजार भारतीय रुपैया टिममा भित्रयायो । विकेटकिपर तर्फ भारतकै सिमरत बावा ८० हजार रुपैयामा भारतीय स्टार्सले किन्यो । ब्याटसम्यान तर्फ सबै भन्दा महंगा खेलाडीमा बंगलादेशका तौकिर रियासत रहे । उनलाई बंगलादेश टिमले एक लाख ४० हजारमा टिममा भित्रयायो ।

कुल तीन बर्गमा खेलाडी छुटयाएर अक्सनमा राखिएको थियो । तर सबै खेलाडीलाई कसले कति बोली लगाउने भन्ने पहिले नै फिक्स गरिएको थियो । कसले सुरु गर्ने र कसले अन्तिममा टिममा भित्रयाउने भन्ने सबै पहिले नै पक्का भइसकेको थियो । एक टिमले १५ लाख भारतीय रुपैयासम्म टिममा खर्च गर्न पाउने नियम रहेको थियो । कुल एक सय ८ खेलाडी अक्सनमा राखिएकोमा ९० खेलाडीलाई ६ वटा टिमले किनेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest