च्याम्पियन्स ट्रफिको सेमिफाइनल समिकरण पुरा, पाकिस्तान रोमाञ्चक जित निकाल्दै सेमिमा

आइसीसी च्याम्पियन्स ट्रफिको सेमिफाइनल समिकरण पुरा भएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई तीन विकेटले हराएसंगै सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुङगो लागेको हो ।
सेमिफाइनलमा भारतले बंगलादेशसंग खेल्नेछ भने पाकिस्तानले इग्ल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समुह बी को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामाथि तीन विकेटको रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्ने चौथो टिम बन्यो । समुहको अन्तिम खेलमा जित्नैपर्ने दबावका साथ मैदानमा उत्रिएका दुबै टिममा श्रीलंकाले टस हारेर ब्याटिङको निम्तो पायो । जसमा ४९ ओभर दुई बलमा दुई सय ३६ रनमा अलआउट भयो ।

२६ रन हुदा पहिलो विकेट गुमाएको श्रीलंकाकाले एक सय ६२ रन हुदा पाच विकेट खेर फालेको थियो । तर त्यसपछि थप ७४ रन जोडदा उसले सबै विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि निरोशन डिकवेलाले ७३ तथा कप्तान एञ्जेलो म्याथ्युजले ३९ रन बनाए । यस्तै कुशल मण्डिस र एसेला गुनरत्नेले समान २७–२७ रन थपे । बलिङ तर्फ पाकिस्तानका जुनीद खान र हसन अलीले समान तीन तीन विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गरेको पाकिस्तानले ७४ रन हुदा पहिलो विकेट गुमाउको थियो । तर त्यसपछि थप ९८ रन बनाउदा उसले अरु ६ विकेट खेर फाल्यो । तर आठौ विकेका लागि कप्तान सरफराज अहमद र मोहम्मद आमीरले ७५ रनको साझेदारी गर्दै टिमलाई सेमिफाइनलमा पुरयाए । पाकिस्तानका लागि कप्तान अहमदले अविजीत ६१ रन बनाए भने ओपनर फाकर जामनले ५० तथा अजर अलीले ३४ र मोहम्मद आमीले अविजीत २८ रन जोडे । फितलो फिल्डिङका कारण श्रीलंकाले खेल हातबाट गुमाउनु परयो । सेमिफाइनलका खेल भोलीबाट हुनेछन । पहिलो सेमिफाइनलमा इग्ल्याण्ड र पाकिस्तान खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest