इङग्ल्याण्ड विरुद्धको सिरीजका लागि डिभिलियर्सले कप्तानी गर्ने,

च्याम्पियन्स ट्रफि लगत्तै इग्ल्याण्ड विरुद्धको टी–२० क्रिकेट श्रृखंलामा दक्षिण अफ्रिकी टिमको कप्तानी एवी डिभिलियर्सले गर्ने भएका छन । नियमित कप्तान फाफ डुप्लिसिस घरायसी कामका लागि स्वदेश फर्किएकाले डिभिलिर्सलाई कप्तान तोकिएको हो ।

च्याम्पियन्स ट्रफिमा समुह चरणमा नै रोकिएको दक्षिण अफ्रिकाले इग्ल्याण्ड विरुद्ध तीन ट्वान्टी टवान्टी खेल खेल्दैछ । डुप्लिसिसको पहिलो बच्चा जन्मिने भएकाले उनि स्वदेश फर्किएका छन जसका कारण डिभिलियर्सले तीन खेलको कप्तानी गरेर टेष्ट श्रृखलाका बेला स्वदेश फर्किनेछन ।

सो बेलासम्म डुप्लिसिसले टिमको कप्तानी गर्नेछन । तीन महिना लामो टुरका लागि इग्ल्याण्डमा रहने दक्षिण अफ्रिकी टिमले ट्वान्टी ट्वान्टीमा मुख्य पाच खेलाडीलाई आराम दिएको छ । जसमा डुप्लिसिस सहित, हसिम अमला, जेपी डुमिनी, क्विटन डीकोक, कागिसो राबाडा छन । युवा खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले दक्षिण अफ्रिकाले अनुभवी खेलाडीलाई आराम दिएको ो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest