च्याम्पियन्स ट्रफिको उपाधिका लागि भारत र पाकिस्तान भिडने

च्याम्पियन्स ट्रफीको उपाधीका लागि चीर प्रतिद्धन्दी भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने भएको छ । भारतले दोस्रो सेमीफाइनलमा बंगलादेशलाइ नौ विकेटले पराजित गर्दै पाकिस्तान संगको भेट पक्का गरेको हो ।

इङल्यान्डमा गएराती भएको खेलमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउदै दुइ सय ६४ रन बनाएको थियो । उसका लागि तमिम इकबालले ७०, मुस्फिकर रहिमले ६१ रन बनाएका थिए । बलिङ तर्फ भुवनेश्वर कुमार र केशव जादवले दुइ दुइ विकेट लिए । जवाफमा दुइ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर एक बलमा केवल एक विकेट गुमाउदै पुरा ग¥यो । भारतलाइ शानदार जीत दिलाउने क्रममा रोहित शर्माले अविजीत एक सय २३ रनको पारी खेले । एक सय २९ वल खेलेका रोहितले एक छक्का र १५ चौका हिर्काए । शिखर धवन ४६ रनमा आउट हुदा यस्तै कप्तान विराट कोहलीले अविजीत ९६ रनको योगदान दिए ।

उनले ७८ वलको सामना गर्दै १३ चौका प्रहार गरेका थिए । यो संगै कोहलीले एकदिवशीय क्रिकेटमा अर्को सफलता हात पारेका छन । बंगलादेश विरुद्ध ८८ रनको स्कोरमा पुगेसंगै कोहलीले एकदिवशीय क्रिकेटमा आठ हजार रन पुरा गरे । उनले एक सय ७५ पारी खेल्दै यो उपलब्धि हात पारेका हुन । कोहलीले दक्षिण अफ्रिकाका एवि डि भिल्लियर्सको नाममा रहेको किर्तिमान भंग गरेका हुन् । उनी सवै भन्दा कम पारीमा आठ हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन । भिल्लियर्सले एक सय ८२ पारी खेलेका थिए । अर्का भारतीय अल राउन्डर युववराज सिंहले पनि एक दिवशीय क्रिकेटमा तीन सय खेल पुरा गरेका छन ।

यता हार संगै बंगलादेशको भने आइसीसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पहिलो पटक पुग्ने सपना फेरी अधुरै रहेको छ । उपाधीका लागि साविक विजेता भारत र पाकिस्तान बीच भोली ओभल मैदानमा खेल हुनेछ । पाकिस्तान इङल्यान्डलाइ पराजित गर्दै फाइनल पुगेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest