झगडा गरेको आरोपमा गम्भिरलाइ ४ खेलको प्रतिबन्ध

भारतीय क्रिकेट खेलाडी गौतम गम्भिरलाई चार खेलको प्रतिबन्ध लागेको छ ।

कोलकाता नाइट राइडर्सका कप्तान गम्भिरलाई रणजी ट्रफि अन्तर्गत दिल्ली टिमका प्रशिक्षक केपी भास्करसंग बाझबाझ गरेको आरोपमा प्रथम श्रेणीको चार खेलमा प्रतिबन्ध लगाइएको हो । पछिल्लो पटक भारतीय टिममा पर्न नसकेका गम्भिरको घटनामा दिल्ली क्रिकेट संघका प्रशासक रमजित सेनद्धारा गठिन छानविन समितीको रिपोर्टका आधारमा प्रतिबन्ध लगाइएको हो । यदि गम्भिरले यो निर्णय स्विकार नगरे ३० मार्च २०१९ सम्म दुई बर्षका लागि निलम्बन गरिने बताइएको छ ।

ओडिसामा घरेलु क्रिकेट खेल्न जादा प्रशिक्षक भास्करमाथि अभद्र ब्यवहार गरेको आरोप उनलाई लागेको थियो । यसपक्षमा दुबैपक्षलाई गत मार्च १० तारिखमा बोलाएर समाधान खोजिएपनि हुन नसकेपछि गम्भिरलाई कारवाही गरिएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest