एशियन क्लव क्रिकेट दुबई वारियर्स र नेपाल स्ट्रोम्स भिडदै

विवादीत एशियन क्लव क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछन । अल्टिमेट स्पोर्टस म्यानेजम्यान्टको आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा दुबई वारियर्स र नेपाल स्ट्रोम्स विच प्रतिस्पर्धा हुनेछ ।

किर्तीपुर क्रिकेट मैदानमा हुने उदघाटन खेल दिउसो दुई बजेबाट सुरु हुनेछ । नेपाल स्ट्रोम्सको कप्तानी स्टुवार्ट म्याक्गिलले गरिरहेका छन भने दुबई वारीयर्सको कप्तान अब्दुल साकुरले गरेका छन । नेपाल स्ट्रोममा पाच नेपाली खेलाडी पनि रहेका छन । जसमा परेश लोहनी, भुपेन्द्र थापा, अमरसिंह रौटेला, सिद्धान्त राज शाही र जितेन्द्र शर्मा रहेका छन । एशियन क्रिकेट लिगका नाममा सुरुवातमा प्रतियोगिता लञ्ज गरेको आयोजकले चौतर्फि आलोचना र विवादपछि राष्ट्रिय खेलकुद परिषदसंगको कुराकानीपछि एशियन क्लव प्रतियोगिता गर्ने सहमती भएको हो ।

भारतीय च्यानल सोनी सिक्सबाट प्रत्यक्ष प्रशारण हुने प्रतियोगिताको टिभी राइट्सका लागि आयोजकले सोनी सिक्सलाई पाच करोड भारतीय रुपैया तिरेको बुझिएको छ । आयोजकले पहिले दुबईमा गर्ने कार्यक्रम रहेको भएपनि विभिन्न कारणले नेपाल आएको आयोजकले बतँएको थियो । तर दुबईबाट नेपाल आउनुको मुख्य कारण के हो भन्ने एकिन हुन सकेको छैन । तर भारतीय क्रिकेट बोर्डले एक जना सदस्यले यो प्रतियोगिता नेपालमा हुनु नेपाली क्रिकेटका लागि सुखद नभएको बताएका छन । आइसीसी र एसीसीबाट स्विकृती नपाएका कारण पनि प्रतियोगिताका बारेमा धरै चासो बनेको हो । यसका लगानीकर्ता टिमका मालीक कस्ता हुन भन्ने सबै गोप्य राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest