फेयरलेस फाकरले बनाए पहिलो सतक

च्याम्पियन्स ट्रफिमा दक्षिण अफ्रिका विरुद्धको खेलबाट डेब्यु गरेका पाकिस्तानी ओपनर फाकर जामनले भारत विरुद्धको फाइनल खेलमा करियरको पहिलो सतक प्रहार गरेका छन । यो प्रतियोगितामा लगातार तेस्रो अर्धसतक प्रहार गरेका फाकरले महत्वपुर्ण खेलमा सतक प्रहार गर्दै टिमलाई बलियो स्थितीमा पुरयाए । भारत विरुद्ध खेल्न त्यसैपनि दबावमा हुने पाकिस्तानी टिमका यी ओपनरले आफनो लयलाई उत्कृष्ट ढंगमा अगाडी बढाए ।

दक्षिण अफ्रिका विरुद्ध ३१ रन बनाएका उनले श्रीलंका विरुद्ध ५० र इग्ल्याण्ड विरुद्ध ५७ रन बनाएका थिए । २७ बर्षे फाकरले आज भने सुरुवातमा नै लाइफलाइन पाएका थिए । तर त्यसमा बुर्माहको बल नो बल भएपछि जीवनदान पाएकाले पनि उनले त्यसको राम्रो सदुपयोग गरे । सतक बनाउने क्रममा उनले ११ चौका र दुई छक्का प्रहार गरे । जम्मा ९२ बलमा फाकरले सतक बनाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest