एशियन क्लव प्रिमियर लिग क्रिकेट, बंगलादेश टाइगर्स र अफगानिस्तान बुल्स विच प्रतिस्पर्धा

एशियन क्लव प्रिमियर लिग क्रिकेट अन्तर्गत आज बंगलादेश टाइगर्स र अफगानिस्तान बुल्स विच प्रतिस्पर्धा हुनेछ ।

आयोजकको तालिका अनुसार हिजो देखि नै प्रतियोगिताको खेल हुनुपर्नेमा समय अभाव र मौसमका कारण खेल हुन सकेन । हिजो हुने खेल अब रिजर्व डे मा खेलाइने भएको छ । अफगानिस्तान बुल्सको कप्तानी राना नाभिद उल हसनले गर्दैछन भने बंगलादेश टाइगर्सलाई अल अमिन हुसेनले लिड गर्दैछन । तर काठमाडौको मौसम पुर्ण रुपमा सफा नभएका कारण १० बजेर ४५ मिनेटमा हुने भनिएको खेललाई केहि समस्या हुने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest