एशियन क्लव प्रिमियर लिग क्रिकेट, बंगलादेश टाइगर्सद्धारा अफगानिस्तान बुल्स ३ रनले पराजित

एशियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्समाथि तीन रनको रोमाञ्चक जित निकालेको छ ।

बर्षाका कारण १८ ओभरमा झारीएको खेलमा बंगलादेशले आठ विकेट गुमाउदै एक सय एक रन बनायो । निकै कमजोर सुरुवात गरेको बंगलादेशले दुई रन हुदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि १४ रन हुदा लगातार थप दुई विकेट गुमाउदा बंगलादेश टिम दबावमा आएको थियो । ३१ रन हुदा पाच विकेट गुमाएको बंगलादेशका लागि अहमदले २७ तथा करन गुप्ताले अविजीत १७ रन बनाए । यस्तै सञ्जोग विनाकरले १२ रन बनाए ।

बलिङ तर्फ अफगानिस्तान बुल्सका राना नाभिदले तीन तथा पवन यादवले दुई विकेट लिए । जवाफमा अफगानिस्तान बुल्स १८ ओभरमा सात विकेट गुमाउदा ९८ रनमा अलआउट भयो । खराव सुरुवात गरेको अफगानिस्तानले ६५ रन हुदा ६ विकेट गुमाएको थियो । उसका लागि अनिल शर्माले ३१ र मनिश मोरले १४ र साभनले १२ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन । अन्तिम तीन बलमा जितका लागि सात रन आवश्यक भएपनि अफगानिस्तानी टिमले बनाउन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest