एसीपीएल, श्रीलंकन लायन्सद्धारा इन्डियन स्टार्स ५३ रनले पराजित

एशियन क्लव प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा श्रीलंकन लायन्सले इन्डियन स्टार्सलाई ५३ रनले पराजित गरयो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले २० ओभरमा सात विकेट गुमाउदै एक सय ५४ रन बनायो । १५ रनमा पहिलो विकेट गुमाएको श्रीलंकन लायन्सका लागि सान्दुन सामाराकोडीले ५९ रन बनाउदा भिष्बा गायासनले ३३ र दिनेश नकर्नीले ३० रन बनाए । ३९ रन हुदा तीन विकेट गुमाएको श्रीलंकनका लागि सान्दुन र भिस्बाले टिमलाई बलियो स्थितीमा पुरयाएका थिए । उनले चौथो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

जवाफमा इन्डियन स्टार्स १५ ओभरमा एक सय एक रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक भुन सके । जसमा अमर कर्नवालले १९ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । ४५ रन हुदा दुई विकेट गुमाएको इन्डियन स्टार्सले ५२ रन हुदा पाच विकेट खेर फालेको थियो । त्यसपछि पनि निरन्तर विकेट गुमाएको इन्डियन स्टार्स अन्तत एक सय एक रनमा अलआउट भयो । बलिङ तर्फ श्रीलंकन लायन्सका लागि निशान सामाराकोडी र करन वालियाले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest