इन्डोर क्रिकेट प्रतियोगितामा राइजिङ स्टार र युअर्स टेक्नोलोजीको जित

राइजिङ स्टार र युअर्स टेक्नोलोजीले राजधानीमा सुरु एईसी कप इन्डोर क्रिकेट प्रतियोगितामा जित निकालेका छन । कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट हलमा मंगलबार भएको उदघाटन खेलमा राइजिङ स्टारले आयोजक आरिगातो एजुकेसनल कन्सल्टेन्सीलाई ३८ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको राइजिङ स्टारले निर्धारित १८ ओभरमा १७३ रन बनायो । उसका लागि प्रज्वल गिरीले अविजित ४३ रन जोडे । जवाफमा आरिगातोले निर्धारीत १८ ओभरमा एक ३५ रन मात्र बनाउन सक्यो । आरिगातो असुतोस शुक्लाले ३० रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

त्यस्तै दोस्रो खेलमा युअर्स टेक्नोलोजीले दि ब्रोदर्सलाई १२२ रनले पराजित गर्दै विजय सुरुआत गर्यो । पहिले ब्याटिङ गरेको युअर्स टेक्नोलोजीले निर्धारित १८ ओभरमा १९५ रन बनाएको थियो ।
युअर्स टेक्नोलोजीका लागि म्यान अफ दि म्याच प्रकास बिष्टले ४२ तथा विवेक खडायतले ४० रन जोडे । युअर्स टेक्नोलोजीले दिएको १९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दि ब्रोदर्सले मात्र ७३ रन बनायो । युअर्स टेक्नोलोजीका नरेश बुढायरले २ विकेट लिए । यस्तै अर्को खेलमा किरण वारियर्सले एपेक्सियन च्यालेंजर्सलाई १९ रनले पराजित गर्दा काठमाडौँ स्टारले मामा भान्जा क्लबलाई ८४ रनले हरायो ।

आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्ट्सको संयुक्त आयोजनामा जारी प्रतियोगिता १८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद रु ५० हजारका प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले नगद रु ५ हजार प्राप्त गर्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest