अनिल कुम्बलेले दिए राजिनामा, अब को होला भारतको प्रशिक्षक

भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले पदबाट राजीनामा दिएका छन । कप्तान विराट कोहली संगको असमझदारी बढ्दै गपछि प्रशिक्षक बाट राजीनामा दिएको कुम्बेलेले बताएका छन ।

कुम्बेले भारतीय क्रिकेट बोर्ड बिसीसीआइलाइ राजीनामा बुझाएपछि ट्विटर मार्फत कोहली संगको मदभेत पद छोड्नुको मुख्य कारण भएको खुलासा गरेका थिए । उनले ट्विटरमा , भारतीय टिमका कप्तानलाइ आफ्नो शैली र आफु मुख्य प्रशिक्षक बनिरहेको मन नपरेको बिसीसीआइ बाट थाहा पाएको उल्लेख गरेका छन । कप्तान कोहलीको ब्यबहारले निकै दुदी भएको भन्दै कुम्बलेले आफुले सधै कप्तान र प्रशिक्षकको सिमाको सम्मान गरेको जानकारी गराएका छन ।

कोहली र आफ्नो बीचको दुरी कम गर्न बिसीसीआइले हर संभव प्रयास गरेपनि सफल नभएका भन्दै पद छोड्ने सही समय भएको कुम्बलेले जनाएका छन । कोहलीले, कुम्बलेको प्रशिक्षणमा केही कमजोरी रहेको बताउदै आएको थियो । जसका कारण बिसीसीआइले गत मे मा प्रशिक्षकका लागि आवेदन पनि खुल्ला गरेको थियो । तर उनको एक वर्ष सम्झौता थप गरिएको थियो । ४६ वर्षिय कुम्बेले गत वर्ष भारतीय टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा भारतले १७ टेस्ट मध्य १२ खेलमा जीत हात पारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest