राजविर सिहले एपिएल बहिस्कार गरे, भन्छन पैशा भन्दा करियर प्यारो

एशियन प्रिमियर लिग राजधानीमा जारी हुदा नेपाली स्ट्रोम्सबाट खेल्ने तयारीमा रहेका राजवीर सिंहले प्रतियोगिता त्यागेका छन ।

युएईमा अवस्थित अल्टिमेट स्पोर्टस म्यानेन्जमेन्टको आयोजनामा जारी एपीएलमा राजबिर सहित नेपालका पाँच खेलाडी अक्सनको माध्यमबाट छनौटमा परेको थिए। पाचै खेलाडीलाइ नेपाली स्ट्रोम्समा अनुबन्ध गरिएको थियो ।

आइसीसी र एसीसीको समन्धन बिनै प्रतियोगिता हुन लागेको भन्दै नेपाली राष्ट्रिय खेलाडीहरु तथा अफिसियलहरुको सहभागिता नरहने अन्यौलका बिच अक्सन मार्फत उनीहरुलाई छनौट गरिएको थियो। राजबिरले पनि नेपाली बोर्ड र सिनियर खेलाडीहरु कोहीपनि प्रतियोगितामा सहभागी नभएका कारण आफुपनि प्रतियोगिता नखेल्ने निर्णयमा पुगेको उनले बताए। राजबिरको अक्सनमा ६० हजार भारतीय रुपैया भाउ लागेको थियो। उनले पैसाभन्दा पनि मेरो करिअर प्यारो भएको भन्दै टिमको खेलको एक दिन अगाडी टिम छोडेका हुन ।

यो प्रतियोगिताका बारेमा अक्सनमा छनोट भएका खेलाडी भुपेन्द्र थापाबाट उनले जानकारी पाएको थिए र १० हजार तिरेर फर्म पनि भरे। त्यतिवेला प्रतियोगिता एसिएन क्लब लिग हो भन्ने लागेको थियो तर आयोजकले एसियन प्रिमियर लिगको नाममा खेलाइरहेकाले आफु प्रतियोगितासँग असन्तुष्ट रहदै नखेल्ने निर्णयमा पुगेको उनले बताए । आयोजकले खेलाडीहरुलाई बन्धनमा राखेका छन्। पहिलो दिन होटलमा बसेका राजवीरले होटल प्रबेश गर्ने वित्तिकै खेलाडीहरुको मोबाइल जफत गरियो, सामाजिक सञ्जालमा चलाउन पनि प्रतिबन्ध लगाइएको छ। कारणबारे सोध्दा उनीहरु आफुहरुको नियम नै त्यस्तै रहेको बताए। यु १९ विश्वकप राजबिरले विश्वकपमा पनि हामीलाई होटलमा मोबाईल फोनमा प्रतिबन्ध थिएन, म्याचको बेला मात्रै मोबाइल म्यानेजरको जिम्मा लगाएर जान्थ्यौ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest