एशियन प्रिमियर लिग क्रिकेट, भुपेन्द्र थापाको ५१ रनमा नेपाल स्ट्रोम्सको जित

राजधानीमा जारी एशियन प्रिमियर लिग क्रिकेटमा नेपाल स्ट्रोम्सले पहिलो खेलमा जित निकालेको छ । आज भएको खेलमा नेपाल स्ट्रोम्सले बंगलादेश टाइगर्सलाई सात विकेटले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश टाइगर्स १९ ओभर एक बलमा एक सय ४८ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको बंगलादेशले एक सय १७ रन हुदा सात विकेट गुमाएको थियो । उसका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुन सकेन ।

जवाफमा नेपाल स्ट्रोम्सले पनि सुरुवात भने गतिलो गर्न सकेन । तर भुपेन्द्र थापाको अविजीत ५१ रनको मद्दतले नेपाल स्ट्रोम्सले जित निकाल्न सफल भयो । एक सय रन हुदा मात्र दुई विकेट गुमाएको नेपालका लागि भुपेन्द्रले ३७ बलमा ५१ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest