सुपर कप इन्डोर क्रिकेट, चितवन टाइगर्स र ट्रिटन कलेज विजयी

राजधानीमा जारी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताका बुधबार चितवन टाइगर्स र ट्रिटन कलेज विजयी भएका छन ।

आज भएको खेलमा चितवन टाइगर्सले गोर्खा नाइटसलाई २८ रनले हरायो । चितवनले ओभरमा एक सय ३१ रन बनाएको थियो । उसका लागि इशान पाण्डेले ३२ तथा कृष्ण नेगीले २३ रन बनाए । बलिङ तर्फ गोर्खा नाइट्सका लागि सुमन पोखरेलले चार विकेट लिए । जवाफमा गोर्खा नाइट्स एक सय चार रनमा रोकियो । सुमन पोखरेलले ३० तथा उद्धव थापाले १८ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन ।

यस्तै अर्को खेलमा ट्रिटन कलेजले तात्वा फर्निसिङलाई एक सय १९ रनको भारी अन्तरले हरायो । पहिले ब्याटिङ गरेको ट्रिटनले एक सय ७५ रन बनाएको थियो । उसका लागि पवन श्रेष्ठले ४३ तथा सोमेश यादवले ३१ रन जोडे । जवाफमा तात्वा ५६ रनमा समेटियो ।

यस्तै नेप्लो मार्टले खेलकुद पत्रकार मञ्चलाई ४७ रने हरायो । पहिले ब्याटिङ गरेको नेप्लाले एक सय ३४ रन बनाएको थियो । जवाफमा एनएसजेएफ ८७ रनमा अलआउट भयो । उसका लागि दिपेन्द्र पोखरेलले २५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest