एशियन प्रिमियर लिग क्रिकेट, दुबइ वारियर्सद्धारा श्रीलंकन लायन्स पराजित

एशियन प्रिमियर लिगको चौथो खेलमा दुबइ वारियर्सले श्रीलंकन लायन्सलाई २१ रनले हरायो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दुबईले २० ओभरमा नौ किवेट गुमाउदै एक सय ९० रनको लक्ष्य दियो । उसका लागि अब्दुल साकुर र रबी बर्माले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे । जसमा साकुरले ३१ बलमा ५४ रन बनाए भने रबीले १९ रन जोडे । यस्तै दाउद इजाजले १९ बलमा ५६ रन बनाउदै टिमलाई बलियो स्थितीमा पुरयाए । एक सय रन हुदा तीन विकेट गुमाएको दुबईले त्यसपछि थप ८९ रन जोडदा अरु ६ विकेट गुमायो । बलिङ तर्फ मोहम्मद निजामुद्दिन र निशान सामाराकोडीले दुई दुई विकेट लिए ।

जवाफमा श्रीलंकन लायन्स २० ओभरमा तीन विकेट गुमाउदा एक सय ६८ रनमा रोकियो । उसका लागि दिनेश नकर्नीले ४१ बलमा ७२ तथा सामाराकोडीले ६३ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest