पहिलो टी-ट्वान्टी खेलमा इग्ल्याण्ड विजयी, दक्षिण अफ्रिका नौ विकेटले पराजित

इङल्यान्डले दक्षिण अफ्रिका विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा नौ विकेटको जीत हात पारेको छ । यो संगै घरेलु टोली इङल्यान्डले तीन खेलको सिरिजमा एक शुन्यको अग्रता लियो ।

साउथह्याम्पटनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै एक सय ४२ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो ओभरको पहिलो बलमानै ओपनर जेजे स्मट्स शुन्यमा आउट भए । उनी डेविड विलेको वलमा बोल्ड भएका थिए । दोस्रो ओभरमा टिमको स्कोर दुइ रन हुदा अर्का ओपनर रिजा हेन्डरिक्स पनि पवेलियन फर्किए । हेन्डरिक्स तीन रनको ब्यक्तिगत स्कोरमा मार्क उडको वलमा क्याच भएका थिए । डेविड मिल्लर पनि नौ रनमा उडकै शिकार भएपछि दक्षिण अफ्रिकाको पारी दवावमा आएको थियो । तर एवि डि भिल्लियर्सले ६५ र फरहान बहारडिनले ६४ रन बनाएपछि दक्षिण अफ्रिका लज्जासपद योगफल बाट जोगिएको थियो ।

जवाफमा एक सय ४३ रनको लक्ष्य इङल्यान्डले १४ ओभर तीन वलमा मात्र एक विकेट गुमाउदै पुरा ग¥यो । इङल्यान्डको जीतमा जोनी ब्रेस्टोले अविजीत ६० र एलेक्स हल्सले ४७ रनको योगदान दिए । दोस्रो खेलमा जीत हात पारे च्याम्पियन्स ट्रफीको सेमीफाइनल बाटै बाहिरएको इङल्यान्डले सिरिज जित्ने छ । च्याम्पियन्स ट्रफीमा इङल्यान्ड पाकिस्तान संग पराजित भएको थियो भने दक्षिण अफ्रिका समुह चरण बाटै बाहिरिएको थियो । ट्वान्टी ट्वान्टी पछि इङल्यान्ड र दक्षिण अफ्रिकाले चार टेस्ट खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest