लुके रोन्चीद्धारा अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास

न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान लुके रोन्चीले अन्तराष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन ।

३६ बर्षे रोन्चीले २०१३ मा अष्ट्रेलियाबाट आफनो नागरीकता न्युजिल्याण्डमा सारेका थिए । अष्ट्रेलियामा हुदा उनले राष्ट्रिय टिमबाट एक बर्षमा चार एकदिवसिय र तीन टी ट्वान्टी खेल खेलको थिए । न्युजिल्याण्ड विश्वकपको फाइनलमा पुग्दा उत्कृष्ट पारी खेलेका रोन्चीले कुल चार टेष्ट र ८५ एकदिवसिय खेल खेलका थिए । २०१४ र १५ को सिजनमा श्रीलंका विरुद्ध ९९ बलमा एक सय ७० रन उनको एकदिवसिय क्रिकेटमा उत्कृष्ट पारी थियो ।

अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएपनि घरेलु क्रिकेटमा भने उनले सहभागिता जनाउने बताएका छन । हाल विलिङटनबाट खेल्दै आएको रोन्ची इग्ल्याण्डमा पनि ब्यवसायीक क्रिकेट खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest