एशियन प्रिमियर लिग, अफगानिस्तान बुल्स १९ रनले विजयी

एशियन प्रिमियर लिगको आजको खेलमा अफगानिस्तान बुल्स विजयी भएको छ । इन्डियन स्टार्सलाई डक वर्थ एण्ड लुइसको नियमका आधारमा १९ रनले हराउदै प्रतियोगितामा पहिलो जित निकाल्यो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले २० ओभरमा आठ विकेट गुमाउदै एक सय १७ रन बनायो । उसका लागि गौरभ शर्माले ३४ तथा आरएन उल हसनले २२ रन बनाए । यस्तै मनिश मोरले १५ तथा राघव बालीले १४ रनको योगदान गरे । जवाफमा इन्डियन स्टार्सको १५ ओभरमा ८१ रनमा ६ विकेटको अवस्थामा भारी बर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि मैदान गिलो भएकाले खेल सम्भव नभएपनि डक वर्थ एण्ड लुइसका आधारमा अफगानिस्तान विजयी भयो ।

खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको इन्डियन स्टार्सले तीन रन हुदा दोस्रो विकेट गुमाएको थियो । त्यसपछि १२ रनमा तीन विकेट खेर फालेको इन्डियन स्टार्सले ७९ रन हुदा ६ विकेट गुमाएको थियो । उसका लागि सिमरत बावाले अविजीत ३६ तथा सचिन कुमारले १३ रन बनाउदा बाकि खेलाडीले राम्रो खेल्ने सकेनन । बलिङ तर्फ अफगानिस्तान बुल्सका लागि राना नभिद उल हसन, रोहित सेइनी र राघव बालीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest