इन्डोर क्रिकेटमा लक्ष्य१५०, तर टिम हार्यो १६४ रनले

राजधानीमा जारी एइसी सुपर कप इन्डो क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज भएको क्वाटरफाइनलमा चितवन टाइगर्सले ट्रिटन कलेजलाई ४४ रनले हरायो । पहिले ब्याटिङ गरेको चितवन टाइगर्सले एक सय ४२ रन बनायो । उसका लागि कृष्ण नेगीले ३७ तथा आवाज घिमिरले ३१ रन जोडे । जवाफमा ट्रिटन ९८ रनमा समेटियो । उसका लागि सोमश यादवले २२ तथा अमित श्रेष्ठले २१ रन बनाए । बलिङ तर्फ चितवनका आवाज घिमिरेले चार विकेट लिए ।

अर्को खेलमा कउस्तुभ कलेजले युयोर्स टेक्नोलोजीलाई एक सय ६४ रनले हरायो । पहिले ब्याटिङ गरेको कउस्तुभ एक सय ५० रन बनायो । उसका प्रकाश विष्टले ३६ र दिपेन्द्र मैनालीले ३१ रन बनाए । जवाफमा युयोर्स टेक्नोलाजी पुरै इनिङमा माइनस १४ रनमा रहयो । जसका कारण उल्टो एक सय ६४ रनले हारयो ।

अर्को खेलमा राइजिङ नेपालले केटिएम स्टार्सलाई ७४ रनले पाखा लगायो । पहिले ब्याटिङ गरेको राइजिङले एक सय ६९ रन बनायो । उसका सौरभ पिलाले ४५ र प्रज्वल गिरीले २७ रन बनाए । जवाफमा केटिएम स्टार्स ९५ रनमा अलआउट भयो ।

चौथो क्वाटरफाइनलमा नेप्लोमार्टले किरन वारियर्सलाई ३४ रनले हरायो । जाभेद खानको २७ र नविन यादवको २५ रनको मद्दतले नेप्लोमार्टले एक सय ६५ रन बनायो । जवाफमा किरन वारियर्स एक सय ३१ रनमा रोकियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest