अफगानिस्तानले टेष्ट मान्यता पाउदा नेपाल भने निलम्बन फुकुवाको पर्खाइमा

अफगानिस्तान र आयरल्यान्डले अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीको पुर्ण सदस्य अर्थात टेस्ट मान्यता राष्ट्र बनेका छन ।

आइसीसीको लन्डनमा बसेको बैठक बाट अफगानिस्तान र आयरल्यान्डले टेस्ट खेल्ने राष्ट्रको मान्यता सर्वसम्मतले पाएका हुन । बोर्ड बैठकमा सहभागित प्रतिनिधीले सहज रुपमा दुबै टिमलाई टेष्ट मान्यता दिनेमा सहमती जनाएपछि मतदान विना नै अफगानिस्तान र आयरल्याण्डले सो मान्यता पाएका हुन । यस्तै बैठकले अमेरकिी क्रिकेट संघको सदस्यता पनि खारेज गरेको छ । अब अमेरीकी क्रिकेटका लागि आइसीसीले नै नया कमिटी बनाउने भएको छ ।

यस्तै बैठकले आर्थिक विषयमा पनि छलफल गरेको छ । अस्थिर राजनिती र युद्धको सामना गरिरहेको अफगानिस्तानले सन २०११ मा एकदिवशीय मान्यता पाएको थियो । त्यसको दुइ वर्षपछि मात्र अफगानिस्तानलाइ आइसीसीले एसोसिएट सदस्यको मान्यता दिएको थियो । १९९५ मा स्थापना भएको अफगानिस्तान क्रिकेट बोर्डले २००१ मा आइसीसीको एफिलियट सदस्यको मान्यता पाएको थियो । एक दशक भन्दा कप समयमा उल्लेख्य प्रगति गरेको अफगास्तिान पहिलो पटक २०१५ को एकविदशीय विश्वकपमा छनौट भएको थियो । यस्तै अफगानिस्तानले ट्वान्टी ट्वान्टी विश्वकपमा पनि खेलिसकेको छ । यता आयरल्यान्ड भने २००७ को एकदिवशीय विश्वकपमा पहिलो पटक छनौट भएको थियो । सो विश्वकपमा पाकिस्तानलाइ तीन विकेटले पराजित गरेर आयरल्यान्डले सनसनी मच्चाएको थियो ।

त्यस यता भएका दुवै विश्वकपमा आयरल्यान्ड सहभागी भएको छ । १९८२ सम्म जम्मा सात राष्ट्रले टेस्ट खेल्दै आएका थिए । त्यसपछि सोही वर्ष श्रीलका टेस्ट खेल्ने राष्ट्रमा सामेल हुदा १९९२ मा जिम्बाबे र २००० मा पछिल्लो सदस्यका रुपमा बंगलादेश सामेल भएको थियो । आइसीसीको बैठकले अफगास्तिान र आयरल्यान्डको पक्षमा निर्णय गरे टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ ।

यो बैठकले नेपाल क्रिकेट संघ माथिको निलम्बनका विषयमा पनि निर्णय गर्नेछ । दुइ संघ अस्तित्वमा रहेपछि आइसीसीले गत अप्रिलमा क्यान निलम्बन गरेको थियो । समस्या समाधानका लागि आइसीसीले सल्लाहाकार समित बनँएको थियो । यो समितीले अघिल्लो साता क्यानको नया विधान आइसीसीलाई पठाएको थियो । तर सल्लाहकार समिती र निर्वाचित समिती विच दुई बुधामा सहमति नहुदा विधान पठाउन ढिलाई भएको छ । यस कारणले यो बोर्ड बैठकमा निलम्बन हटने सम्भावना भने न्युन छ । यस्तै

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest