देशले टेष्ट मान्यता पाउदा अफगानिस्तानमा भब्य खुसीयाली

आइसीसीको पुर्ण सदस्यको मान्यता पाए संगै अफगानिस्तानमा खुशीयाली मनाउन सुरु गरिएको छ । यसै क्रममा अफगानिस्तान क्रिकेट बोर्ड र समर्थकहरुले काबुलमा केक काटेर टेस्ट खेल्ने राष्ट्र खुशीयाली साटासाट गरेका छन ।

आइसीसीको लन्डमा बसेको बैठकले अफगानिस्तान र आयरल्यान्डलाइ टेस्ट खेल्ने राष्ट्रको मान्यता दिने निर्णय गरेको थियो । अस्थिर राजनिती र युद्धको सामना गरिरहेको अफगानिस्तानले सन २०११ मा एकदिवशीय मान्यता पाएको थियो । त्यसको दुइ वर्षपछि मात्र अफगानिस्तानलाइ आइसीसीले एसोसिएट सदस्यको मान्यता दिएको थियो । १९९५ मा स्थापना भएको अफगानिस्तान क्रिकेट बोर्डले २००१ मा आइसीसीको सदस्यता पाएको हो ।

छोटो समयमा नै उल्लेख्य प्रगति गरेको अफगास्तिान पहिलो पटक २०१५ को एकविदशीय विश्वकपमा छनौट भएको थियो । १९८२ सम्म जम्मा सात राष्ट्रले टेस्ट खेल्दै आएका थिए । त्यसपछि सोही वर्ष श्रीलङा टेस्ट खेल्ने राष्ट्रमा सामेल हुदा १९९२ मा जिम्बाबे र २००० मा पछिल्लो सदस्यका रुपमा बंगलादेश सामेल भएको थियो । आइसीसीको बैठकले अफगास्तिान र आयरल्यान्डको पक्षमा निर्णय गरे टेस्ट खेल्ने राष्ट्रटको संख्या १२ पुगेको छ ।।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest