यु-१९ क्रिकेट टिम प्रशिक्षणका लागि भारत प्रस्थान

आगामी जुलाईमा सिंगापुरमा हुने आइसीसी यू(१९विश्वकपको छनोट चरणको तयारीका लागि नेपाली राष्ट्रिय यू(१९ क्रिकेट टोली दिल्ली प्रस्थान गरेको छ।

१६ देखि २५ जुलाईसम्म हुने प्रतियोगितामा नेपालसँगै अफगानीस्तान। मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सन् २०१८को जनवरीमा न्युजिल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछ।

आइसीसीको पहलमा नेपाली टिम दिल्ली प्रस्थान गरेको हो । दिल्लीमा टोलीले केहि अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।
नेपालमा एशियन प्रिमियर लिग हुदा यू १९ टिमलाइ प्रशिक्षणमा ठुलो प्रभाव परेको थियो । एपिएल आयोजकले टिमलाइ भारत पठाउने आश्वासन गरेपनि अन्तिममा बोलीमा नै सिमित भएको थियो । टिममा १८ खेलाडीका साथै प्रशिक्षक विनोद दाश रहेका छन ।

टिमका खेलाडी
१। सन्दिप लामिछाने
२। दिपेन्द्र सिंह ऐरी
३। किशोर महतो
४। सुशान्त सिंह थापा
५। पवन शर्राफ
६। प्रकाश केसी
७। विक्रम कुमार भुसाल
८। सन्दिप जोरा
९। रिजन ढकाल
१०। प्रनित थापा मगर
११। साहब आलम
१२। रसिद खान
१३। आशिफ शेख
१४। सन्दिप सुनार
१५। ललित नारायण राजबंशी
१६। रोहित कुमार पौडेल
१७। आदील खान
१८। अनिल कुमार साह

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest