एशियन प्रिमियर लिग, नेपाल स्ट्रोम्सको लगातार दोस्रो जित

राजधानीमा जारी एशियन प्रिमियर लिग क्रिकेटमा नेपाल स्ट्रोम्सले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपाल स्ट्रोम्सले श्रीलकन लायन्सलाइ एक विकेटले हरायाे ।

किर्तीपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४८ रन बनायो । २० रन हुदा तीन विकेट गुमाइसकेको श्रीलंका लागि उत्सव चन्द्राले अविजीत ४० रन बनाउदा निखिल नामदेवले २६ रन बनाए । ९१ रनमा सात विकेट गुमाइसकेको लायन्सका लागि सुबान्सु र उत्सवले आठौ विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । २४ अतिरीक्त रन पाएको श्रीलकाका लागि करन वालियाले १९ तथा बैभव अरोराले १४ र सुवान्सुले १३ रन बनाए । बलिङ तर्फ नेपाल स्ट्रोम्सका हसिव अम्जाद, आशिष विष्ट र गौरभ बारबाडेले दुई दुई विकेट लिए ।

जवाफमा एक सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोम्सले १९ ओभर एक बलमा नौ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि दिशान्त यादवले ५० रन बनाए भने जितेन्द्र शर्माले १३ बलमा ३१ रन बनाउदै टिमलाई जित दलाए । यस्तै गौरव बाराबाडे र पवन चन्डेलले समान १३–१३ रन बनाए । यस्तै हसीव अम्जदले ११ र परेश लोहनीले १० रन जोडे । जितसंगै नेपाल स्ट्रोम्सले दुई खेलमा चार अंक बनाउदै लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest