महिला बिश्वकप क्रिकेट, अष्ट्रेलियाद्धारा वेष्ट इन्डिज पराजित

साविक विजेता अस्ट्रेलियाले महिला विश्वकपको आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजलाइ आठ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले ४७ ओभर पांच वलमा अल आउट हुदै दुइ सय चार रन बनाएको थियो । उसका लागि हेली म्याथ्युजले ४६ र स्टेफिन टेलरले ४५ रन बनाए । चिडेन नेशनले ३९ र डिन्ड्रा डोटिनले २९ रन जोडे । अन्य सात जना खेलाडीले दोहोरो अंक छुन सकेनन् । अस्ट्रेलियाकी इल्स पेरीले तीन विकेट लिइन् । जवाफमा दुइ सय पांच रनको लक्ष्य अस्ट्रेलियाले ३८ ओभर एक वलमा दुइ विकेठ गुमाउदै पुरा गरयो ।

अस्ट्रेलियालाइ सहज जीत दिलाउन निकोल बोल्टनले शतकिय पारी खेलिन् । उनले एक सय १६ वलमा अविजीत एक सय सात रनको योगदान दिइन् । उनको पारीमा १४ चौका सामेल थियो । बेथ मोनीले ७० रन बनाइन् । बोल्टन र मोनीले पहिलो विकेटका लागि एक सय ७१ रनको शानदार साझेदारी गरेका थिए । वलिङ तर्फ वेस्ट इन्डिजकी टेलरले दुइ विकेट लिइन् । वेस्ट इन्डिजकी कप्तान टेलरले टस जितेपछि पहिलो ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । तर ब्रोडकास्टर संगको अन्र्तवार्तामा भने उनले वलिङ लिने बताएपछि खेलमा केही अन्यौल सिर्जना भएको थियो । तर अस्ट्रेलियाकी कप्तान मेग लेनिङले आपत्ती जनँएपछि अम्यापयर डेविड डुकले आइसीसीको नियम अनुसार वेस्ट इन्डिजले सुरुमा गरेको निर्णय नै कार्यन्वयन गराएका थिए । ब्याटिङ नै लिनुपर्ने बताएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest