एडम गिलक्रिस्टलाइ पछि पार्दै धोनि अगाडी

वेस्ट इन्डिजसँगको तेस्रो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा ७८ रन बनाएपछि भारतीय विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सर्वाधिक रन बनाउने विकेट किपरको दोस्रो स्थानमा उक्लेका छन् । उनले अष्ट्रेलियाका पूर्व विकेट किपर एडम गिलक्रिस्टलाई पछि पारेका छन।

धोनीले २ सय ९४ खेल खेल्दै ९ हजार ४ सय ४२ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका गिलक्रिस्टले २ सय ८२ खेलमा ९ सय ४ सय १० रन बनाएका थिए । यस्तै ३ सय ६० खेलमा १३ हजार ३ सय ४१ रन बनाएका श्रीलंकाका कुमार संगाकारा सर्वाधिक रन बनाउने विकेट किपरको शीर्षस्थानमा छन् । संयास लिइसकेका संगाकाराले औसल ४३ भन्दा थोरै माथि छ । धोनी अविजित ७८ रनमा बनाउको शुक्रबारको खेलमा भारतले वेस्ट इन्डिजलाई ९३ रनले हराएको थियो । पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा भारतले २–० को अग्रता लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest