श्रीलंकन लायन्स एशियन क्लव प्रिमियर लिगको फाइनलमा

श्रीलंकन लायन्स राजधानीमा जारी एशियन क्लव प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । किर्तीपुरस्थित टियु मैदानमा भएको प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा श्रीलंकन लायन्सले नेपाल स्ट्रोमलाई १२ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो ।

पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनायो । उसका लागि समाराकोडीले ४० बलमा सर्वाधिक ५२ रन बनाए। यस्तै दिनेशले ४० रन जोडे। नेपाल स्ट्रोमका दिशान्त यादव, आशिष भट्ट र गौरब बारबाडेले समान २-२ विकेट लिए।

एक सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल स्ट्रोम्स १७ ओभर पाँच बलमा एक सय ६१ रनमा अलआउट भयो । उसका लागि जितेन्दर शर्माले ४२, दिशान्त यादवले ३६, भुपेन्द्र थापाले २५ तथा ओपनर गौरब बारबाडेले १० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

श्रीलंकन लायन्ससँग हारेपनि नेपाल स्ट्रोमले बंगलादेश टाइगर्स र दुबई वारियर्सबीचको एलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ। श्रीलंकन लायन्सका करण वालिअ र आकाश गौटेलले ३-३ तथा बैभव अरोराले दुइ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest