नेपाल स्ट्रोम्स एशियन प्रिमियर लिगको फाइनलमा

दुबई वारियर्सलाई तीन विकेटले पराजित गर्दै नेपाल स्ट्रोम्र्स राजधानीमा जारी एशियन क्लव प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

किर्तीपुरस्थित टियु मैदानमा आज भएको खेलमा पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ८२ रन बनाएको थियो । उसका लागि इजाजले ५४, अमितले ३७ र शकुरले ३२ रन बनाएका थिए । वलिङ तर्फ मल्विन्दरले तीन र आषिशले दुई विकेट लिएका थिए ।

एक सय ८३ रनको विशाल लक्ष्य स्ट्रोमले १९ ओभर चार वलमा सात विकेटको नोक्सानीमा पुरा ग¥यो । स्ट्रोमलाइ जीत दिलाउन पवनले शतकिय पारी खेले । उनले अविजीत एक सय २० रन बनाएपनि स्ट्रोमले सहज जीत हात पारेको हो । अमित र मलिकले दुइ दुइ र अर्मिन्दरले एक विकेट लिएका थिए । अव उपाधीका लागि स्ट्रोमले श्रीलङका लायन्स संग प्रतिस्पर्धा गर्नेछ । फाइनल मंगलबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest