भारत विरुद्धको चौथो एकदिवसिय खेलमा वेष्ट इन्डिज विजयी

भारत विरुद्धको चौथो एकदिवसिय खेलमा वेष्ट इन्डिज ११ रनले विजयी भएको छ । जितसंगै वेष्ट इन्डिजले पाच खेलको श्रृंखलामा भारतको अग्रता दुई एकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा नौ विकेट गुमाउदै एक सय ८९ रन बनाएको थियो । उसका लागि इभिन लुइस र केली होपले समान ३५(३५ रन बनाए । यस्तै सेइ होपले २५ तथा रोस्टन चेजले २४ रन बनाए । बलिङ तर्फ भारतका उमेश यादव र हार्दिक पाण्डेले तीन तीन विकेट लिए ।

जवाफमा भारत ४९ ओभर चार बलमा एक सय ७८ रनमा अलआउट भयो । १० रन हुदा पहिलो विकेट गुमाएको भारतले एक सय एक रन हुदा चार विकेट खेर फालेको थियो । तर त्यसपछि थप ७६ रन जोडदा उसले बाकि सबै विकेट खेर फाल्यो । भारतका लागि अजिन्क्या राहाणेले ६० तथा महेन्द्रसिंह धोनीले ५४ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । भारतलाई कम स्कोरमा रोक्न जेसोन होल्डरले पाच तथा अल्जारी जोसेफले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest