एसिपिएल क्रिकेट, अफगानिस्तान बुल्स तेस्रो, उपाधिको छिनोफानो भाेली

राजधानीमा जारी एशियन क्लव प्रिमियर लिग क्रिकेटमा अफगानिस्तान बुल्सले तेस्रो स्थान हात पारेको छ । आज भएको खेलमा दुबई वारियर्सलाई चार विकेटले हराउदै अफगानिस्तानले तेस्रो स्थान हात पारेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको दुबई वारियर्सले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४६ रन बनाएको थियो । १७ रनमा पहिलो विकेट गुमाएको दुबईले एक सय २० रन हुदा तीन विकेट खेर फालेको थियो । तर त्यसपछि उसले थप २९ रन जोडदा अरु चार विकेट गुमाउदा पारि समाप्त भयो । दुबईका लागि दाउद इजाजले ५७ तथा सन्दिप सिंहले २५ रन बनाए । यस्तै ओरमिन्दर सिंहले १५ र अब्दुल साकुरले १४ रनको योगदान गरे ।

जवाफमा अफगानिस्तानले १४ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । सुरुवात राम्रो गर्न नसकेको बुल्सले ११ रन हुदा पहिलो विकेट गुमायो । एक सय एक रन बनाउदा ६ विकेट गुमाइसकेको बुल्सका लागि मनिस मोर र राघव बालीले अर्धसतकिए साझेदारी गर्दै टिमलाई जित दिलाए । उसको जितमा साभन पहरीयाले ५२ तथा मनिशले ३१ र राघवले २५ रन जोडे । फाइनल खेल भोली हुनेछ । जसमा नेपाल स्ट्रोम्स र श्रीलंकन लायन्स विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest