एशियन क्लव प्रिमियर लिग क्रिकेटको उपाधि नेपाल स्टोर्मलाइ

एशियन क्लव प्रिमियर लिग क्रिकेटको उपाधि नेपाल स्टोर्मले जितेको छ । फाइनलमा श्रीलंकन लायन्सलाई २७ रनले पराजित गर्दै स्ट्रोम्सले उपाधि हात पारको हो ।

किर्तीपुर क्रिकेट मैदानमा सम्पन्न फाइनल खेल बर्षाका कारण १० ओभरमा थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको स्ट्रोम्सले निर्धारीत ओभरमा सात विकेटको गुमाउदै एक सय आठ रन बनायो । स्ट्रोम्सका लागि पवनले चन्डेलले ४२ रन तथा जितेन्दर शर्माले २३ र भुपेन्द्र थापाले १४ रनको योगदान गरे ।

जवाफमा श्रीलंकन लायन्स १० ओभरमा सात विकेट गुमाउदै ८७ रनमा रोकियो । उसका लागि हर्षनाले २६ आकाश गौटलले १२ र संजयले नकआउट २३ रन बनाए । बलिङतर्फ मल्बिन्दर, बाराबाडे र अशिषले समान दुइ दुई विकेट लिए । प्रतियोगिताको म्यान अफ दी सिरिज नेपाल स्टोर्मका पवनले हातपारे भने बेस्ट बलर पनि स्टोर्मकै आशिष विष्टले हातपारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest