च्याम्पियन्स ट्रफी विजेता क्रिकेट टिमलाइ सम्मान

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले च्याम्पियन्स ट्रफी विजेता क्रिकेट टिमका लागि स्वागत समारोहको आयोजना गरेका छन ।

प्रधानमन्त्री निवास इस्लामाबादमा आयोजना गरिएको विषेश समारोहमा प्रधानमन्त्री सरिफले खेलाडीलाइ देशका नायक भन्दै सम्बोधन गरेका थिए । समारोहमा पाकिस्तान क्रिकेट टिम , उनीहरुका परिवार, पाकिस्तान क्रिकेट बोर्डका सदस्य र सरकारी उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । प्रधानमन्त्री सरिफले राष्ट्र र क्रिकेट वोर्डले निरन्तर सहयोग गरिरहे पाकिस्तानले अझै धेरै सफलता हात पार्ने बताए ।

इङल्यान्डमा भएको च्यामिपयन्स ट्रफीको फाइनलमा पाकिस्तानले परम्परागत प्रतिद्धन्दी भारतलाइ एक सय ८० रनले पराजित गरेको थियो । सरफराज अहमदको कप्तानीमा रहेको पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधी जितेको हो । क्रिकेट बोर्डले सरफराजलाइ टेस्ट क्रिकेटको पनि कप्तान बनाएको छ । सन २००९ मा श्रीङकन क्रिकेट टिम माथि आक्रमण भएपछि पाकिस्तानमा आइसीसीले कुनैपनि प्रतियोगिता आयोजना गरेको थिएन् । तर च्याम्पियन्स ट्रफी जितेसंगै पाकिस्तानमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाको ढोका खुलेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest