महिला बिश्वकप क्रिकेट अष्ट्रेलिया र भारतले सेमिफाइनल नजिक, इङल्याण्ड पनि लाइनमा

आइसीसी महिला विश्वकप अन्तर्गत गएराति भएको खेलमा अष्ट्रेलिया, भारत र इग्ल्याण्ड विजयी भएका छन । जितसंगै अष्ट्रेलिया र भारतले सेमिफाइनलको सम्भावना बलियो बनाएका छन ।

इल्याण्डको लेस्टर स्थित ग्रेस रोडमा भएको खेलमा अष्ट्रेलियाले पाकिस्तान महिला टिमलँई एक सय ५९ रनको भारी अन्तरले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ९० रन बनाएको थियो । उसका लागि एलिसी पेरीले ६६ तथा एलीशा हेलीले ६३ रन बनाए । यस्तै एलीसी भिलानीले ५९ रनको योगदान गरीन । जवाफमा पाकिस्तान टिम मात्र एक सय ३१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा साना मिरले ४५ तथा इराम जाभेदले २१ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । पाकिस्तानलाई कम स्कोरेमा रोक्न अष्ट्रेलियाकी एस्लेइग गार्डनेर र क्रिस्टियन बिम्सले तीन तीन विकेट लिइन ।

अर्को खेलमा भारतले श्रीलंकालाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ३२ रन बनाएको थियो । उसका लागि दिप्ती शर्माले ७८ तथा मिथाइली राजले ५३ रन बनाइन । जवाफमा श्रीलंका ५० ओभरमा सात विकेट गुमाउदा दुई सय १६ रनमा रोकियो । उसका लागि दिलानी मनोदाराले ६१ तथा निपुनी हंसिकाले २९ र शसिकला श्रीवार्देनाले ३७ रन बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन ।

यस्तै इग्ल्याण्डले दक्षिण अफ्रिकालाई ६८ रनले हराउन सफल भयो । पहिले ब्याटिङ गरेको इग्ल्याण्डले घरेलु मैदानमा ५० ओभरमा पाच विकेट गुमाउदै तीन सय ७३ रन बनाएको थियो । उसका लागि टमी बिउमाउन्ट र सारा टेलरले सतकिए पारी खेले । दोस्रो विकेटका लागि यी दुई खेलाडीले दुई सय ७५ रनको साझेदारी गरेका थिए । जुन इग्ल्याण्डको महिला क्रिकेटमा अहिलेसम्मकै ठुलो हो । टमीले एक सय ४८ रन बनाइन भने टेलरले एक सय ४७ रन जोडिन । जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा नौ विकेट गुमाउदा तीन सय पाच रनमा रोकियो । गतिलो सुरुवात गरेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि एक सय २८ रनको साझेदारी गरेपनि मध्यक्रमका खेलाडीले राम्रो गर्न नसक्दा हात पार्न सकेन । उसका लागि लिजीली लीले ७२ तथा लाउरा उल्भार्टले ६७ रन बनाइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest