संघस‌गको विवादका कारण दक्षिण अफ्रिकाको टुर बहिस्कार,२०० खेलाडी बेरोजगार,

खेलाडीको सम्झौताका विषयमा ठोस निर्णय नभएपछि अष्ट्रेलियन खेलाडीले दक्षिण अफ्रिका विरुद्धको अष्ट्रेलियन ए टुर बहिस्कार गर्ने भएका छन ।

अष्ट्रेलियन क्रिकेट बोर्डले खेलाडीलाई अनबुन्धमा नराखेको र यस विषयमा ठोस केहिपनि निर्णन नगरेको भन्दै अष्ट्रेलियन ए टिमले दक्षिण अफ्रिका विरुद्धको टुर बहिस्कार गरेका हुन । अष्ट्रेलियन ए टिमलाई नेतृत्व गरेका उस्मान ख्वाजा र ट्राभिस हेडको अगुवाईमा खेलाडी र संघ विच बार्ताको पहल भएपनि ठोस केहि प्रगती हुन सकेन । जसका कारण खेलाडीले ब्रिसबेनमा पत्रकार सम्मेलन गरेर दक्षिण अफ्रिका टुर नजाने निर्णय गरेका हुन ।

यसअघि खेलाडीले क्रिकेट संघलाई १४ बुध माग पत्र राखेका थिएन । सो बेला नै संघले खेलाडीका माग पुरा नगरे यो टुर बहिस्कार गर्ने चेतावनी दिएका थिए । तर क्रिकेट अष्ट्रेलिायको आकम्मिक बैठकले कुनै निर्ण गर्न सकेन । संघले खेलाडी अनुबन्ध नगरेका कारण अष्ट्रेलियाका करीव दुई सय पुरुष र महिला खेलाडी बेरोजगार बनेका छन । यो विषयमा खेलकुद मन्त्रीलेपनि चासो देखाउदै मन्त्रालयको पहलमा निस्कर्ष निकाल्ने बताएका छन । यदि खेलाडी र संघ विचको मनमुटाव समाप्त नपारे बंगलादेश विरुद्धको श्रृखलामा पनि असर पुग्ने देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest