वेष्ट इन्डिज विरुद्धको अन्तिम खेलमा विराटको सतक, भारतले श्रृखला जित्यो ।

वेष्ट इन्डिज विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा भारत आठ विकेटले विजयी भएको छ । जितसंगै भारतले पाच खेलको श्रृखला तीन एकले जितेको छ ।

जमैकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय पाच रन बनायो । उसका लागि सेइ होपले ५१ तथा कप्तान जेसोन होल्डरले ३६ र रोभमन पावेलले ३१ रन बनाए । यस्तै केली होपले ४६ रन जोडे । बलिङ तर्फ मोहम्मद सामीले चार तथा उमेश यादवले तीन विकेट लिए ।

जवाफमा भारतले दुई सय ६ रनको लक्ष्य ३६ ओभर पाच बलमा दुई विकेट गुमाउदै पुरा गरयो । उसका लागि कप्तान विराट कोहलीले अविजीत सतकिए पारी खेले । उनले एक सय १५ बलमा १२ चौका र दुई छक्काको मद्धतले एक सय ११ रन बनाए । यस्तै अजिन्क्या राहानेले ३९ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest