यू-१९ विश्वकप छनोट, मलेसियालाइ ५ विकेटले हराएपनि ब्याटिङ भने कमजोर

आइसीसी अन्डर नाइन्डिन विश्वकप छनौट खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाइ पांच विकेटले हराउदा खराब ब्याटिङले भने निरन्तरता पायो ।

सिंगापुर क्रिकेट क्लबमा टस हारेर ब्याटिङ गरेको मलेसिया, नेपालले शानदार बलिङ र फिल्डिङ गरेपछि २५ ओभर पांच वलमा ५८ रनको झिनो योगफलमा अलआउट भयो । मलेसियाको पारीलाइ ध्वस्त बनाउने क्रममा स्पिनर संदिपले आज पनि पांच विकेट लिए । आठ दशमबल पांच ओभर वल फालेका संदिपले एक ओभर मेडन राख्दै केवल १७ रन खर्चिए । हिजो सिगांपुर विरुद्ध पनि उनले पांच विकेट लिएका थिए । यस्तै पवन सराफले तीन विकेट लिदा किशोर महतो र संदिस सुनारले एक एक विकेट लिए ।

नेपालले पहिलो ओभरमा नै मलेसियाका ओपनर मुहम्मद अमिरलाइ शुन्यमा आउट गरे । नेपाली वलर सामु मलेसियाको ब्याटिङ पुर्ण रुपमा धरासाशी बन्यो । उसका उसका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । मलेसियाको पारीको नौ रन सवैभन्दा उच्च रन हो । मलेसियाले एघार रन अतिरिक्र पाएको थियो । ५९ रनको लक्ष्य नेपालले नौ ओभर पांच ओभरमा पांच विकेट गुमाउदै पुरा गर्यो । आज पनि नेपालले संतोषजनक ब्याटिङ गर्न सकेन् ।

पहिलो खेलमा सिगांपुरले दिएको ७४ रनको लक्ष्य पुरा गर्न नेपालले ६ विकेट खर्चिएको थियो । नेपालका लागि आसिफ शेखले २३ रनको योगदान दिए । नेपालले दोस्रो ओभरमा ओपनर संदिपलाइ पहिलो विकेटका रुपमा गुमाएको थियो । उनी ब्यक्तिगत ६ रनमा हैकल खैरको क्याच आउट वलमा पवेलियन फर्किए । आदिल खान पांच रनमा मैदान बाहिरिए । प्रनित थापा मगर १८ रनमा अविजीत रहे । नेपालले अब विहिबार उपाधी दावेदार अफगानिस्तान संग प्रतिस्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest