आइसीसी महिला विश्वकप, इग्ल्याण्ड र दक्षिण अफ्रिका भिडदै

आइसीसी महिला विश्वकपको पहिलो सेमिफाइनलमा आज राति इग्ल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुदैछन ।

ब्रिस्टोलमा हुने सेमिफाइनलका लागि दुबै टिमले तयारी पुरा गरिसकेका छन । यो पिचमा लिग खेलमा यी दुई टिम भिडदा कुल छ सय ७८ रन बनेको थियो । त्यसैले पनि यो पिच ब्याटिङलाई सहयोग गर्ने हुनेछ । दक्षिण अफ्रिकी टिमको बलियो आधार बलिङ हो भने इग्ल्याण्डको ब्याटिङ । अहिलेसम्म इग्ल्याण्डका चार खेलाडीले दुई सय ५० भन्दा बढी रन कटाइसकेका छन । जसमा बियोमाउन्टले ३७२, हिदर नाइटले ३३३, स्किभेरले ३१५ र टेलरले २९७ रन बनाइसकेकी छिन ।

त्यसैले पनि इग्ल्याण्डको ब्याटिङ लाइनअप हेर्दा दक्षिण अफ्रिकाले सजक हुनुपर्ने देखिन्छ । तर घरेलु मैदानमा इग्ल्याण्डलाई अर्को दबाव हो दर्शकको । १७ बर्ष पछि महिला विश्वकपको सेमिफाइनलमा पुगेको दक्षिण अफ्रिका र इग्ल्याण्ड ३४ पटक आमनेसामने भएका छन । जसमा इग्ल्याण्ड २६ पटक विजयी भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest